महसुल नतिरेपछि गण्डकी प्रदेश प्रमुख निवासको लाइन काटिइयो

पाेखरा | पुस ५, २०८०

महसुल नतिरेपछि गण्डकी प्रदेश प्रमुख निवासको लाइन काटिइयो

पोखरा:  नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले गण्डकी प्रदेशको तीन सरकारी निवासको लाइन काटेको छ । 

 

नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनका सूचना अधिकारी प्रदिप कुमार भुवाजीले गण्डकी प्रदेश सरकारको तीन सरकारी निवासको लाइन काटेको जानकारी दिए  । 

 

उनले गण्डकी प्रदेश प्रमुख निवास, आन्तरिक तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्री निवासको लाइन काटेको जानकारी दिए ।

 

‘विद्युत महशुल नबुझाएपछि आज हामीले गण्डकी प्रदेशका तीन सरकारी निवासको लाइन काटेका हौं’, भुवाजीले सुनगाभा न्यूजसँग भने, ‘ तीन मन्त्रालयको करिव २ लाख ५६ हजार बक्यौता उठ्न बाँकी छ, महसुल बुझाएपछि मात्र कार्यालयको लाइन जडान गछौं ।’

 

उनका अनुसार प्रदेश प्रमुख सरकारी निवासको ८६ हजार १ सय ८३, आन्तरिक मामिला तथा कानून मन्त्रालय मन्त्री निवासको ७७ हजार ९ सय ६३ र भौतिक पूर्वाधार विकास मन्त्रालय मन्त्री निवासको ९१ हजार ९ सय ५७ रुपैयाँ विद्युत महशुल तिर्न बाँकी छ  ।
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्